दफा १४
परम्परागत खाद्य तथा पोषणको प्रबन्ध
(१) स्थानीय तहले मन्त्रालय तथा प्रदेश सरकारको समेत सहयोग र समन्वयमा आफ्नो स्थानीय तहमा /उत्पादन हुने परम्परागत खाद्य पदार्थ तथा खाद्य उपयोगको परम्परागत ज्ञानको बारेमा खोज तथा अनुसन्धान गरी गराई त्यसको संरक्षण तथा प्रवर्द्धन गर्न, त्यस्ता खाद्य पदार्थमा पाइने पोषणतत्त्वको बारेमा जानकारी दिन र पोषणतत्त्व: नष्ट नहुने गरी खाद्य उपभोग प्रणालीको विकासको लागि आवश्यक प्रवर्द्धनात्मक काम गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिमको खोज तथा अनुसन्धानको लागि स्थानीय तहले सम्बन्धित विज्ञ, अनुसन्धान गर्ने, निकाय वा विश्वविधालय समेतसँग सहयोग लिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको खोज तथा अनुसन्धानको लागि स्थानीय तहले सम्बन्धित विज्ञ, अनुसन्धान गर्ने, निकाय वा विश्वविधालय समेतसँग सहयोग लिन सक्नेछ।